रौतहटमा वालक हत्या गरेका आरोपमा २ जना पक्राउ

२०७९ माघ ६, शुक्रबार २२:३०

रौतहटमा बालक हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन। रौतहटमा गत मंसिर २८ गते बेलुकी ४ बजेको समयमा रौतहट जिल्लाको माधवनारयण नगरपालिका वडा नं -०८ बस्ने जय किशोर प्रसाद कुशवाहाको छोरा वर्ष ९ को आशनारायण प्रसाद कुशवाहा आफ्नै घरबाट हराएको थियो । निज कुशवाहाको छोरालाई प्रहरीले खोजतलास गर्ने क्रममा पौष १ गते बेलुकी सोही नगरपालिकाको वडा नं -०८ स्थित वागमती नदिको पानीमा मृत अवस्थामा फेला परेको थियो। सोही घटनाक्रममा अनुसन्धान गर्दै जाँदा निज जयकिशोर प्रशाद कुशवाहाको पुरानो रिसिभीको कारण कुशवाहाकै छिमेकी बर्ष ३३ को जयराम महतो कोईरी र बर्ष ३७ को संजय राम हत्या गरि बागमती नदीमा फालेको प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले जनाएको हो। हत्या आरोपित महतो र रामलाई सम्मानित जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य सुरु गरेको प्रहरी उपरीक्षक बुढामगरले जनाएको हो।



ताजा खबर