सप्तरीमा आगलागी हुँदा दुई घर जलेर लाखौंको क्षति , दर्जनौं पशु चौपाया जलेर मरे

२०७९ माघ ६, शुक्रबार २२:३२

सप्तरीको दुई छुट्टा छुट्टै स्थानमा आगलागी हुँदा दुईवटा घर जलेर लाखौंको धन सम्पत्ति नष्ट भएको छ । यस्तै, आगलागीमा परेर झण्डै १३ वटा पशु चौपायाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएका छन् ।
सप्तरीको रुपनी र तिरहुत गाउँपालिकाका गएराति र अाज बिहान आगलागी हुँदा दुई घर जलेका छन् भने १३ वटा पशु चौपाया मरेका छन् ।
साेहि क्रममा सप्तरीको तिरहुत गाउँपालिका वडा न.–४ डिमनका हरेराम यादवको घर नजिकै सल्केको आगोले हरेरामका छिमेकी तेजनारायण यादव र ओम नारायण यादवको घर जलेर लाखौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयाे ।
आगलागीमा हरेरामको गोठमा रहेको दुइटा खसी, दुइटा पाडी र एउटा बाख्राको जलेर मृत्यु भएको थियो ।
अाज बिहान डेढ बजे लागेको आगो राजविराज, हनुमाननगर र कञ्चनरुप नगरपालिकाको वारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासमा बिहान पौने चारबजे नियन्त्रणमा लिइएको काफ्लेले जनाए । सो आगलागीमा घर, पशु चौपाया, लत्ताकपडा र अन्य सरसामान जलेर नष्ट हुँदा ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
यस्तै सप्तरीको रुपनी गाउपालिका वडा न.१ मा आगलागी भएको छ । स्थानीय मैयादी मियाको गोठ नजिकबाट सुरु भएको आगलागीले उनको चारवटा खसी र चारवटा बाख्रा जलेर नष्ट भएको छ । शम्भुनाथ नगरपालिकाको वारुणयन्त्र र स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।



ताजा खबर