समाजसेवी अघनु साहले दाइजो प्रथालाई चुनौती दिदै आफ्नै (बोता) नातिको आदर्श विवाह

२०७९ माघ १७, मंगलवार २१:१५

धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका समाजसेवी अघनु साहले दाइजो प्रथालाई चुनौती दिदै आफ्नै (बोता) नातिको आदर्श विवाह गरेको ।

मधेस प्रदेशमा दाईजोप्रथा तिलक लेनदेन गरेर विवाह गर्ने जातिमध्ये तेलि (साह) जाति पनि एक हो। धनुषा जिल्लाकाे धनुषा नगरपालिका वडा नं.३ सिकियाहाका समाजसेवी अघनु साहले दाइजो प्रथालाई चुनौती दिदै आफ्नो नाति(पाेता) पप्पु साहकाे आदर्श विवाह गराएको छन।
सिरहा जिल्ला बिष्णुपुर गाउँपालिका वडा नं. १ शाेभापुरका लक्ष्मी साहकाे छाेरी चाँदनी कुमारी साहसंग आदर्श विवाह आफ्नो नाति(पाेता) लाई गराएको छ ।
समाजसेवी अघनु साहले २१ औं शताब्दीमा समेत १८ औं शताब्दीका कू–साँस्कृति अंगाल्नु गलत भएको भन्दै दाइजो प्रथा अन्त्य गर्न सन्देश दिने उदेश्यका साथ लेनदेन बिनाको विवाह गराएर उदाहरणीय काम गरेका छन् ।
तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनीकरण गर्ने उद्देश्य तथा दहेज मुक्त समाज बनाउने सोच राखेका समाजसेवी साहले आफ्नै नाति( पाेता) बाट दाइजो प्रथा अन्त्यको अभियान शुरूवात गरेको बताए ।
तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका नेताहरूले आफ्नो छाेराकाे विवाहमा समेत विवाहमा दाइजो प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे युवाको दाइजो मोह र दाइजोले समाज अक्रान्त बनिरहेको बेलामा समाजसेवी अघनु साहले नाति (पाेता) काे विवाह विना दाइजोको आदर्श विवाह गराएर समाजमा सकारात्मक संदेश प्रवाह गर्नु भएका हुन् साथै दाइजो प्रथा न्यूनीकरणमा ठोस कदम चालिएको स्थानीयहरुकाे भनाइ छ ।



ताजा खबर