सिरहाको मिर्चैयाबाट १० केजीभन्दाबढी गाँजासहित तीनजना पक्राउ

२०७९ फाल्गुन ९, मंगलवार १३:१३

सिरहा प्रहरीले प्रतिवन्धित लागु औषध गाँजा सहित तीन जनालाई पक्राउ गरेका छन्। चेकजाँचको क्रममा मिर्चैया नपा ६ कटारीचौकबाट आइतबार राती १० केजी पाँच सय ग्राम गाँजा सहित कल्याणपुर नगरपालिका ९ डुमरी घरभई मिर्चैया ६ बस्दैआएका ४६ वर्षिय कुशेश्वर यादव, धनगढीमाइ नपा १४ का ३६ वर्षिय गौरव शाहि र २४ वर्षिय भुपेन्द्र शाही पक्राउ गरेका हुन्।
प्रहरीले चेकजाँचको क्रममा अनटेष्ट लेखिएको रातो पल्सरमा कालो झोलाभित्र प्लाष्टिकमा पोकोपारेको अवस्थामा गाँजा गाँसा सहित कुशेश्वर र गौरवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए।
उनले भने, ‘रातो पल्सर मोटरसाइ पछाडी गौरवले समातेर वसेको कालो झोलासहित कुशेश्वर र भुपेन्द्रलाई नियन्त्रणमा लिएको र उनीहरुले दिएको सूचनाको आधारमा भुपेन्द्र साहीलाई पनि नियन्त्रणमा लिएका हौं।’
प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ।



ताजा खबर