सप्तरीमा हाेलिमा ट्राफिक नियम उल्लघन गर्ने ४० वटा माेटरसाइकल सहित ९ जना प्रहरी नियन्त्रणमा

२०७९ फाल्गुन २४, बुधबार ०९:४७

सप्तरीमा हाेलि पर्वमा ट्राफिक नियम उल्लघन गर्ने ४० वटा माेटरसाइकल सहित ९ जना प्रहरी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी मातहतमा रहेका प्रहरीहरुले विभिन्न समयमा हाेलिकाे अवसरमा ट्राफिक नियम उलंघन गर्ने मनिस र सवारी साधन प्रहरी नियन्त्रणमा लिएका हुन । प्रहरीले जिल्लाकाे विभिन्न स्थानबाट ४० वटा माेटरसाइकल तथा ९ जना ब्यक्तिलाई समेत नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ । यसेबिच हाेली पर्वलाई लक्षित गरेर सप्तरी प्रहरीले सप्तरीमा सुरक्षा ब्यबस्था कडा पारिएकाे थियाे । जिल्लाकाे सुरक्षा ब्यबस्थापन गर्नका लागि ४५ स्थानमा पिकेट डियुटी, १८ स्थानमा ट्राफिक सहितकाे चेकजाँच टाेली , ९ बटा माेबाईल गस्ती र २५ बटा माेटर साइकल सहितको क्युक रिस्पाेन्स टाेली परिचालन गरिएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।



ताजा खबर