सप्तरीको गाेबरगाढामा तस्करमाथि हवाइ फायर गरि १८४ किलो गाँजा बरामद

२०७९ चैत्र ५, आईतवार १९:२४

सप्तरीकाे गाेबरगाढा टप्पुबाट प्रहरीले हवाइ फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१३ गोवरगाडा
स्थित छतौनी पलारबाट शनिबार राति ९ बजे १८४ किलो गाँजा बरामद गरेको हो ।

घोडामा बोकेर गाँजा भारत तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलिलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए ।

गाँजा बरामद गरी ल्याउन खोज्दा उनीहरुले खोस्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन र बच्नका लागि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एव डिएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयाे ।

हवाइ फायर गरेपछि अज्ञात समूह भागेका थिए । यता गाँजा तस्करहरुको खोजबिन तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



ताजा खबर

error: Content is protected !!