सप्तरीबाट पेस्तोलसहित दुई जना युवक पक्राउ

२०७९ चैत्र ५, आईतवार १९:२५

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.-१ स्थित तिलाठिकाे नेपाल-भारत सीमा क्षेत्रबाट पेस्तोलसहित दुई जना युवक पक्राउ परेका छन् ।

सिमामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले अाइतबार दिउँसो उनिहरुलाइ पक्राउ गरेका हुन् । पक्राउ पर्नेमध्ये एक जना युवक सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न. -२ महुवाका सोनु राय रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अर्का एक जनाको पहिचान खुलेको छैन । यता साे घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।



ताजा खबर

error: Content is protected !!