मिर्चैया नगरपालिका विरुद्ध प्रदर्शन गर्दै नगरपालिका घेराउ गर्न पुगेका स्थानीय पीड़ित र प्रहरीबीच झडप

२०८० बैशाख ७, बिहीबार १७:३९

सिरहाको मिर्चैया नगरपालिकाले घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुमबासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्। बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुमबासी र व्यापारी नगरपालिकाले घर भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन्सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ । बिहीबार मिर्चैया नगरपालिका विरुद्ध प्रदर्शन गर्दै नगरपालिका घेराउ गर्न पुगेका स्थानीय पीड़ित र प्रहरीबीच झडप भएको हो । उनीहरू पुर्खौ देखि आफूहरूको आफ्नो निजी स्वामित्वमा रहेको गॉउब्लॉकको जग्गामा बासोवास गर्दै आएको घर जग्गाबाट गैर कानूनी रुपले नगर प्रमुखले उठीवास लगाइएको विषय बारे नगरप्रमुख मेयर श्रवणकुमार यादव सँग जवाफ दिनुपर्ने माग गरी प्रदर्शन गर्दै थिए ।

आक्रोशित स्थानीयहरुले मिर्चैया नगरपालिकाकाे गेट ताेडफाेड गर्न थालेपछि प्रहरीले आन्दोलनकारिलाइ तितरबितर पार्न १० सेल आसुगयास र ७ राउन्ड हवाई फायरिङ गरेका छन् ।
प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा ५ जना प्रहरी र एक दर्जनभन्दा बढी स्थानीय प्रदर्शनकारिहरु घाइते भएको र उनिहरुको अवस्था समान्य रहेको
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेकले जनाएको छ। उनले भने ,´ घाइते प्रहरीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अहिले अबस्था समान्री रहेको बताए ।
घाइते भएका स्थानीयको उपचार फुलकुमारी मेमोरियल अस्पतालमा भइरहेको संघर्ष समितिका संयोजक अन्जय साहले बताए ।

सिरहा जिल्लास्थित मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा बजार क्षेत्रका घर भत्काएपछि स्थानीयहरु आक्रोशित भएका छन्।



ताजा खबर