दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना जगाउने उद्देश्यले जिल्ला ट्राफिक सिरहा,लहानमा सञ्चालन भएको ट्राफिक सप्ताह–२०८० कार्यक्रम सोमबार देखी सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक मीन बहादुर बस्नेतले बताए ।
‘पैदल यात्रा गर्दा फुटपाथको प्रयोग गरौं,ट्राफिक नियमको पालना गरौ,सभ्य नागरिक बनौ’भन्ने मूलनाराका साथ सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले आयोजना गरेको प्रमुख प्रहरी निरीक्षक बस्नेतले बताए । सप्ताहव्यापी कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक मीन बहादुर बस्नेतले कार्यक्रमवाट प्रत्यक्ष रुपमा ५ हजार भन्दा बढी सर्वसाधारण लाभान्वित भएको जानकारी दिए ।
“सडक सुरक्षा सप्ताह २०८०” समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी,बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सिरहाका भोजराज खतिवडा,जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईबा लिम्बु,सशस्त्र प्रहरी सिरहाका प्रहरी उपरीक्षक प्रमोद भारती, सिरहा चोहर्वा स्थित नेपाली सेना गणका प्रमुख सेनानी बिष्णु कार्की,स्थानिय जनप्रतिनीधिहरु,पत्रकारहरु,विभिन्न यातायात व्यवसयीका पदाधिकारीहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानिय क्लब, विभिन्न स्कुलका शिक्षक एवं बिद्यार्थीहरु लगायतका उपस्थितिमा कार्यक्रम उद्घाटन गरी प्लेकार्ड, ब्यानर सहितको लहान बजार क्षेत्रमा प्रभातफेरी कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रहरी बरिष्ठ नायब निरिक्षक विदुर मणी भट्टराईले बताएका छन्।
उत्त कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक मीन बहादुर बस्नेतले ट्राफिक सप्ताह कार्यक्रम शुरु गर्न सहयोग गर्ने संघ–संस्था एवं व्यक्तिलाई धन्यवाद व्यक्त गरे ।
उत्त सप्ताहव्यापी कार्यक्रम जेठ १ गते ७ गते सम्म विभिन्ना कार्यक्रम गरि सञ्चालनमा रहने छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यार्थी,पैदलयात्री र चालकलाई ट्राफिक सचेतना तथा जेब्राक्रसबारे प्रशिक्षण,ट्राफिक सचेतनासम्बन्धी झण्डै ५ हजार पर्चा,पम्प्लेट वितरण,प्रभातफेरी लगायत सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रहरी बरिष्ठ नायब निरिक्षक विदुर मणी भट्टराईले बताएका छन्।
साथै यहि २०८०÷०१÷०४ विहीवारको दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा,लहानमा रक्तदान कार्यक्रम रहेको हुँदा ईच्छुक महानुभावहरुलाई रक्तदान कार्यक्रममा उपस्थिति भईदिन हार्दिक अनुरोध गर्दै छ ।