नेपाल मावनअधिकार संगठन सिरहाले सांस्कृतिक तथा धार्मिक प्रयोजनको नाममा बजाइने लाउडस्पिकर तथा डिजे बाजाले मानव स्वास्थ्यमा पर्ने असरलाई रोक्ने लगायतका विभिन्न नौं बुँदे मागसहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संगठनका केन्द्रीय सदस्य राजकुमार राउत र जिल्ला कार्यसमितिका अध्यक्ष विमल ठाकुरसहितको टोलीले सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुलाई ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा लामो समयदेखि पूर्व पश्चिम सडक छेउमा लाग्ने हाट बजारको व्यवस्थापन, सडकमा खुला रुपले छोडिने पशुपंक्षीले नियन्त्रण, स्तरोन्नति भइरहेको पूर्व पश्चिम सडक अन्तर्गत सिरहा खण्डमा सडकबाट उड्ने धुलोले मानव स्वास्थ्यमा गम्भिर असर पुगिरहेकाले नियन्त्रणका लागि विशेष ध्यान दिन आग्रह गएिको छ ।
त्यस्तै, सरकारी निकायहरुमा नागरिक बडापत्र बमोजिम सेवाग्राहीसँग मैत्रीपूर्ण व्यवहार गरिनु पर्ने, सरकारी तथा गैरसरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा मापदण्ड अनुसारको सेवा सुविधा, सरकारी विद्यालयहरुमा पठनपाठनको गुणस्तर कायम तथा मानवअधिकार शिक्षाका लागि विद्यालय तहमा यथोचित व्यवस्था गरिदिन ध्यानाकर्षण गराइएको छ ।
जिल्लाका विभिन्न प्रहरी युनिटहरुमा रहको नागरिक सहायता कक्षलाई थप प्रभावकारी बनाउन स्थानीय भाष बोल्न र बुझ्न सक्ने प्रहरी कर्मचारी तथा प्रहरीमा पुग्ने पीडित महिलाहरुको संख्या उल्लेख्य रहने हुँदा महिला प्रहरीको व्यवस्थाका लागि आग्र गरिुएको छ ।
संगठनले बिहीबार जिल्लाको मुख्य दुई नगरको रुपमा रहेका लहान र सिरहा नगरपालिकामा पनि ध्यानाकर्षण पत्र बुझाइने जिल्ला अध्यक्ष ठाकुरले जानकारी दिए ।