ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले विहिवार लहान परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । ‘पैदल यात्रा गर्दा फुटपाथको प्रयोग गरौं,ट्राफिक नियमको पालना गरौ,सभ्य नागरिक बनौ’भन्ने मूलनाराका साथ सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले आयोजना गरिएको सो रक्तदान कार्यक्रम ३७ जनाले रक्तदान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक मीन बहादुर बस्नेतले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा,लहानको आयोजना र नेपाल रेडक्रस सोसाईटी लहान उप–शाखाको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक (डीएसपी) भोला कुमार भट्ट,सशस्त्र प्रहरी बल बेस लहानका प्रहरी नायव उपरीक्षक (डीएसपी)प्रमोद पाठक लगायत जिल्ला भित्र रहेका ट्राफिक प्रहरी,जनपद प्रहरी,सशस्त्र प्रहरी,लहान स्थितका निजामती कर्मचारी,विभिन्न संघ संस्थाका प्रतिनिधि,स्थानिय क्लब,सर्वसाधरण समेतको उपस्थिति रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा,लहानका प्रहरी बरिष्ठ नायब निरिक्षक विदुर मणी भट्टराईले बताएका छन् । उत्त सप्ताहव्यापी कार्यक्रम जेठ १ गते ७ गते सम्म सवारी दुर्घटना न्युनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा,लहानले विभिन्न सचेतनामुलक कार्यक्रम गरि ट्राफिक सप्ताह मनाईरहेको छ ।