सिरहा जिल्लाको मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको शम्भु होटलमा एक जना ब्यापारी मृत भेटिएका छन् । विराटनगर उप–महानगरपालिका १० का २५ वर्षिय सिद्धान्त भट्टराई होटल पछाडी छेउको मृत भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा कपी (अभ्यास पुस्तिका)को मार्केटिङ्ग गर्दै आएका भट्टराईले बासस्न रुम बुक गराएको सहदेव होटलमा सँगैरहेका गाडी चालक २७ वर्षिय सागर राईलाई छोडेर निस्केका भएपनि उनको शव नजीकै रहेको शम्भु होटलमा भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतलेभने घटनाको विषयमा अनुसन्धान भईरहेकोले तत्काल केही भन्न नसकिने बताए। उनले भने, ‘घटनाको विषयमा अनुसन्धान भईरहेको छ, अहिले नै यहि भएको हो भन्न सकिने अवस्था छैन।’
छातिमा नीलडाम देखिएकाले घटना शंकास्पद भएको स्थानीयको भनाई रहेको छ। प्रहरीका अनुसार सहदेव होटलमै खाजा खाना खाएका भट्टराई शम्भु होटलमा गएका थिए। त्यहाँ भट्टराईले एउटा वियर लिएको बताए। उनले वियर खाएकै ठाउँमा सर्ट खोलेर कुर्सिमा झुड्याएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ। भट्टराईको शव भने कोठाभन्दा बाहिर फेला परेको प्रहरीको भनाई छ।
होटलका सञ्चालक शम्भु साहले भट्टराई राती ११ बजेको आसपासमा आफ्नो होटलमा आएको बताए। उनले वियर माँगेर पीएको र केहीवेरमा शौचालय कता छ? भन्दै शोधेको बताए। उनले भने, ‘मैले शौचालय देखाईदिएँ, शौचालयबाट फर्कने क्रममा भित्र नआई माथि छतमा चड्यो होला, छतबाट लडेको हुनक्छ।’
साहले भने, ‘हामी काममा भएकोले तत्काल थाहा पाएनौं, राती एक बजे मैले नै देखें र तत्काल प्रहरीलाई खवर गरेको हुँ, प्रहरी पनि तत्काल आई पुग्यो।’
होटल सञ्चालकले राती अवेर आएको ग्राहक कता गयो भनेर थाहा नपाउने भनेपछि घटना झन संङ्कास्पद भएको स्थानियले आशंका गरेको छ।
शव अहिले घटनास्थलमै रहेको छ। मृतकका आफन्त आईरहेकोले शव उनीहरुकै उपस्थितिमा उठाउने गरी राखिएको प्रहरीको भनाई छ।
मिर्चैयाको शम्भु होटलमा ब्यापारी मृत अवस्थामा भेटिए,घटना संकास्पद
२०८० श्रावण २४, बुधबार ११:२१
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer