काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले चार प्रदेश सांसदलाई कारबाही गर्ने भएको छ।
आफ्ना १६ प्रदेश सांसदको कार्यसम्पादन मूल्यांकनका लागि जनमत पार्टीले आन्तरिक मतदान गराएको थियो।
मतदानका क्रममा चार सांसद फेल भएका थिए। ती सांसदलाई कारबाही गर्ने पार्टीले निर्णय गरेको हो।
फेल हुनेमा सिरहाका त्रिभुवन साह र भाग्यश्री कुमारी चौधरी छन्।
यस्तै महोत्तरीका चन्दनकुमार सिंह र अनिता कुमारी साह पनि फेल भएका छन्।
के कारबाही गर्ने भन्ने पार्टीमा छलफल हुने भएको छ।