जानकी मन्दिरमा चप्पल लगाएरै दर्शन र पूजापाठ गर्ने व्यवस्था गरिएपछि विरोध

२०८० आश्विन ८, सोमबार ११:५३

राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान ९ बजे जनकपुरधाम आउने कार्यक्रम छ । जनकपुरधाम आऐलगत्तै उनी पूजापाठ र दर्शनका लागि जानकी मन्दिर पुग्नेछन् । उनले जनकपुरधामस्थित जानकी मन्दिरमा चप्पल लगाएरै दर्शन र पूजापाठ गर्ने भएका छन् ।

उनका लागि मन्दिरमा चप्पलको व्यवस्था गरिएको छ । जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि चप्पलको व्यवस्था मिलाएको बताए ।

उनका अनुसार आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको हो ।महन्त वैष्णवले नेपाल प्रेससँग भने, ‘जाडो महिनामा मानिसहरूले कपडाको जुत्ताजस्तो जुन चप्पल लगाउँछन्, त्यही चप्पल राष्ट्रपति पौडेलको लागि व्यवस्था गरिएको छ ।’राष्ट्रपति पौडेलको लागि जानकी माताको गर्भगृहसम्म पुग्न चप्पलको व्यवस्था मिलाएपछि विरोध भइरहेको छ ।यसअघिका राष्ट्रपति डा। रामवरण यादव, विद्यादेवी भण्डारी आउँदा भने खाली खुट्टै पूजाअर्चना गरेका थिए ।नेपाल पत्रकार महासंघ धनुषाकी सभापति मनिका झाले पनि जानकी मन्दिरमा राष्ट्रपति पौडेलको लागि चप्पलको व्यवस्था मिलाएपछि सामाजिक सञ्जालमा आपत्ति जनाएकी छन् ।



ताजा खबर

error: Content is protected !!