अक्षर पाठशालाका प्रिन्सिपलले गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई मरणासन्न हुनेगरी गरे कुटपीट

२०८० आश्विन १३, शनिबार १७:२८

सिरहाको मिर्चैया नगरपालिकास्थित एक निजी विद्यालयका संस्थापक प्रिन्सिपलले गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई मरणसन्न हुनेगरी कुटपीट गरेका छन्। मिर्चैया नगरपालिका ७ मा रहेको अक्षर पाठशालाका संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोले कक्षा ६ मा अध्ययनरत मिर्चैया १० कञ्चनपुरका विशाल मण्डललाई मरणासन्न हुनेगरी कुटपीट गरेका हुन्।

शिक्षकको कुटाईबाट पीठियूँभरी निलडाम भएका मण्डलको मिर्चैयास्थित मंगलम हेल्थ केयर प्रा.लि.मा उपचार भईरहेको छ। उनलाई प्लास्टिकको पाईपले अन्धाधुन्ध रुपले कुटपीट गरेको एक प्रत्यक्षदर्शि विद्यार्थीले सुनाए। कुटाईका कारण विद्यार्थीको पीठियूँभरी निलडाम भएको छ।

शुक्रवार विद्यालयबाट घर फर्किएपछि बेलुका छोरा रोईरहेको देखेपछि सोधखोज गर्दा पीठियूउभरी निलडाम देखिएपछि तत्काल उपचारको लागि अस्ताल ल्याईको उनका काका उमेश्वर मण्डलले बताए । उनले भने, ‘सन्चो नभएर तीनचार दिनदेखि विद्यालय गएको थिएन, शुक्रवारमात्रै विद्यालय गएको थियो। विद्यालयबाट फर्केर घरआएपछि बेलुका आमालाई देखेर सुकसुकाउन थालेपछि सोधखोज गर्दा यस्तो अवस्था देखियो। हामीले तत्कालै अस्पताल ल्याएँ। अहिले उपचार भईरहेको छ।’

के कारणले कुटपीट गरेको हो आफूहरुलाई केही थाहा नभएको विशालका काकाले बताए। उनले भने, ‘मैले अजस्था देख्ने वित्तकै अस्पताल ल्याएँ, यस्तोविधि किन कुटेको हो मैले थाहा पाएको छुइँन्।’

विद्यार्थीलाई विद्यालयमा पढ्न पठाएको हो। यसरी बालकलाई मरणासन्न हुनेगरी कुटपीट गर्नु अपराध भएको स्थानीय अशोक मण्डलले बताए।

यस सम्वन्धमा विद्यालयको संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोसँग बुझ्दा उनले गृहकार्य नगरेको र बदमासि गरेकाले कुट्नु परेको बताए। उनले भने, ‘गृहकार्य पनि गरेको थिएन्, अलिक बदमासी पनि गरेकोले आबेगमा आएर मैले कुटेको हुँ, म बाट गल्ती भयो।’

प्रिन्सिपल महतोले आफूबाट गल्ती भईसकेकोले घटनालाई उच्छाल्ने भन्दा मिलाउने तिर सोच्न आग्रह गरे।

 



ताजा खबर

error: Content is protected !!