सिराहाको हुलाकी सडकमा मोटरसाइकल आपसमा ठोक्किंदा तीन जनाको मृत्यु

२०८० मंसिर ७, बिहीबार १२:४३

हुलाकी राजमार्ग अन्तर्गत सिरहा १९ सन्हैठा नयाँ चौकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । दुर्घटनामा एकजना सख्त घाइते छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक–आपसमा कोकिंदा सिराहाकै अर्नामा गाउँपालिका ५ का ३२ वर्षीय रामवृक्ष यादव, २७ वर्षीय दिनेशकुमार यादव र १९ वर्षीय मुकेशकुमार सिंहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब ७ः१५ बजेको समयमा दुर्घटनाभई उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पु¥याउँदा तीनै जनालाई साढे ७ बजेतिर चिकित्सकले मृत्यु घोषणा गरेको बताए।

मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन्। उनलाई थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको छ।

प्रहरीका अनुसार दुवै मोटरसाइकलमा सवार कसैले पनि हेलमेट लगाएका थिएनन्। हेलमेट नलगाई मोटरसाइकल चलाउँदा दुर्घटना भएर क्षति भएको प्रहरीले भनाई छ।उनीहरुको शव पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल सिरहामा राखिएको छ।



ताजा खबर