सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

२०८० मंसिर ७, बिहीबार १३:१३

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
नागरिकताको विवाद देखिएपछि उनले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट गत कात्तिक २४ गते राजीनामा दिएका थिए ।
सोही मितिदेखि लागु हुने गरी राजीनामा स्वीकृत भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



ताजा खबर