मिर्चैयाको व्यपारीहरूद्धारा बैंकहरुले चर्को व्याज असुली गरेको बन्दैे शान्तिपूर्ण धर्नामा

२०८० मंसिर १७, आईतवार १५:३७

मिर्चैया बैंक तथा वित्तीय संस्थाहरुले चर्को व्याज असुली गरेको बन्दै सिरहाको मिर्चैयामा रहेको एनाआसी बैंक अगाडि व्यपारीहरूले बैंक तथा वित्तीय संस्था विरुद्धको शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ।

मिर्चैया उधोग बाणिज्य संघ र बेपारहरुको नेतृत्वमा भएको शान्तिपूर्ण कार्यक्रम व्याजदर नघटाइए आन्दोलन चर्काउने चेतावनी दिइएको हो। चर्को व्याजदर घटाएर समस्या समाधान गर्न सरकार गम्भीर नभए व्यवसायीहरूले थप आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।

बैंक तथा वित्तीय संस्थाको व्याजदरका कारण व्यवसाय धराशायी हुँदा हामी शान्तिपूर्ण धर्ना बस्नुपर्ने भएको मिर्चैया उधोग बाणिज्य संघ सल्लाहकार अशोक साहले बताएका छन्। शान्तिपूर्ण धर्ना कार्यक्रम हाम्रो जारी रहिरहनेछ जबसम्म हाम्रो समस्या समाधान हुदैनन् यो चलिरह्ननेछ्न।

यो आर्थिक मन्दी चलिरहेको समयमा बैंक तथा वीत्तीय संस्थाहरूले चर्को व्याज असुली गरेको भन्दै व्यवसायी आउने दिन यो भन्दा पनि कडा आन्दोलन गर्न हामी बाध्य हुनेछौं ।
बैक तथा वित्तीय संस्थाले लगानी गर्दा ८ प्रतिशतमा ऋण दिए अहिले दोब्बर बनाएका छन्,’ साह भने, ’यस्तोमा व्यवसाय गरेर खान सक्ने अवस्था नै हुन्न। सरकारले बैड्कको व्याज दर घटाउन हस्तक्षेप गर्नुपर्छ।’ पटक पटक सम्बन्धित सरकारलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएको मिर्चैया उद्योग वाणिज्य संघका सल्लाहकार अशोक साहले बताए।

व्यवसायीहरूलाई राष्ट्र बैंकको मौद्रिक नीतिका कारण समस्या भएको बताएका छन्। यसैगरी कर्जा नीतिमा पनि परिमार्जन हुनुपर्ने माग व्यवसायीले राख्दै आएका छन्। बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक नीतिमा सुधारको आवश्यकता रहेको भन्दै बैंक तथा वित्तीय संस्था विरुद्धको शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ।



ताजा खबर