नेपाल लाईफ ईन्स्योरेन्सद्वारा मधेश प्रदेशमा कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

२०८० मंसिर १८, सोमबार ११:२०

नेपाल लाईफ ईन्स्योरेन्स मधेश प्रदेश कार्यालयअन्तर्ग शाखा र उप–शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीको लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी ‘ आन्तरिक नियन्त्रण र लेखा तथा वित्त’ विषयक तालिम बर्दिबासको होटल गुन्जामा सम्पन्न गरेको छ ।

उक्त तालिममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो । ‘ आन्तरिक नियन्त्रण र लेखा तथा वित्त’ विषयक तालिममा मधेश प्रदेश कार्यालयअन्तर्ग शाखा,उप–शाखा कार्यालयबाट कार्यरत ३३ जना कर्मचारीको सहभागिता रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बर्दिबास उप–शाखा प्रमुख सरोज कुमार कुशवाहाले बताए ।


तालिममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रधान कार्यालयबाट प्रशिक्षण रुपमा आन्तरिक नियन्त्रण विभागबाट साक्षी घिमिरे र लेखा तथा वित्त विभागबाट आदितमा आचार्यले फाइनान्सियल, मनी लाउन्डरिङका घटनाहरु, आतंककारी क्रियाकलापमा वित्तीयसम्बन्धी विषयमा प्रस्तुतीकरण दिएका थिए।


तालिम समापन समारोहमा सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाले भने भविष्यमा आवश्यकताअनुसार यस प्रदेश भित्र कर्मचारीको क्षमता अभिवृद्धि गर्न विभिन्नर तालिमको व्यवस्था गर्ने धारणा व्यक्त गर्दै सहभागीलाई नियम परिधिभित्र रही बीमा व्यवसाय गर्न निर्देशन दिई कार्यक्रम समापन भएको घोषणा गरे ।



ताजा खबर