नेपालले नेदरल्याण्ड्विरुद्ध शानदार जित हासिल गरेको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज घरेलु मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्ध नौ विकेटले जित दर्ता गरेको हो ।
यो जितसंगै नेपालले १२ खेलको लिग–२ मा दुई अङ्क जोड्न सफल भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनमा सीमित भयो । नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा कुशल भुर्तेलले चार विकेट लिए । यसैगरि ललित राजवंशीले दुई विकेट लिए भने कप्तान रोहित पौडेल र सोमपाल कामीले समान एक÷एक विकेट लिए । नेदरल्याण्ड्सका दुई ब्याटर रनआउट भए ।
एक सय ३८ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको नेपालले मात्रै १५ ओभर दुई बल खेलेर एक विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । ओपनर कुशल भुर्तेलले २८ रन बनाएर आउट भए पनि आशिफ शेख र अनिल साह दुबैले अर्धशतक सहित १ सय ५ रनको साझेदारी खेलेपछस नेपालले सहजै जित हाशिल गर्यो । आशिफले ५४ रन र साहले ५७ रनको योगदान दिए । नेदरल्याण्ड्सका भिभिआन किङ्माले एक विकेट लिए । जारी प्रतियोगिताको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको नेपाल आजको खेलमा नेदरल्याण्ड्समाथि हावी भयो ।