सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री रबिन्द्र के.सी.ले जिल्ला प्रहरी कार्यालय कैलालीको स्थलगत निरीक्षण गर्नु भयो । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक,मेस तथा हिरासत कक्षको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत समेतमा कार्यरत बिभिन्न प्रहरी युनिटहरुका ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिनु भयो ।
निर्देशन सम्बोधनको क्रममा उहाँले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको प्रभावमा नपरी काम गर्ने । गैर-ब्यवसायिक क्रियाकलापमा संलग्न नहुने,यदी कुनै प्रहरी कर्मचारी संलग्न भएको पाईएमा क्षमा नहुने कुरा बताउनु भयो । फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान तथा फरार अपराधी पक्राउ कार्यलाई बिशेष प्राथमिकता साथ प्रभावकारी ढंगले अघि बढाउने । सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनसिलताको नीति अपनाई उपलब्धीमुलक ढंगले कार्य गर्ने । अबैंध काठ पक्राउ,नियम बिपरित नदीजन्य पदार्थको उत्खनन् कार्यलाई कानूनको दायरामा ल्याउने । गुण्डागर्दी, जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिनु भयो ।
उहाँले लागू औषध नियन्त्रण कार्यलाई महाअभियानको रुपमा सञ्चालन गर्ने । प्रहरी आचरण बिपरितका कार्य नगर्ने, नेपाल प्रहरीको मिडिया नीति बिपरित हुने गरि सामाजिक सञ्जाल प्रयोग नगर्ने । नागरिकको मानव अधिकार सम्मान गर्ने, नागरिक मैत्री ब्यवहार गर्ने । हिरासतमा रहेका थुनुवा ओसार पसारमा तथा अन्य कानुनी प्रक्रियामा समेत भरपर्दो सुरक्षा व्यवस्था मिलाउनु पर्ने कुरा बताउनु भयो ।
निर्देशनकै क्रममा उहाँले गैर-ब्यवसायिक आर्थिक लाभको लागि कसैसंग साँठगाँठ र मिलोपतो नगर्ने,कुनै प्रहरी कर्मचारीहरुले गरेको पाईएमा कानूनी दायरामा ल्याईने । ब्यक्तिगत पिरमार्का गुनासाहरु निर्धारण गरे बमोजिमको बिधि र प्रक्रिया अनुरुप अघि बढाउने । समन्वयात्मक,सहभागितामुलक र जनमुखी प्रहरी सेवामा समर्पित रहि उच्च अनुशासनका साथ कार्य गर्ने निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत,जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट लगायत जिल्ला प्रहरी कार्यालय कैलाली र अन्तर्गतमा कार्यरत करिब २०० जना प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
लागू औषध नियन्त्रण कार्यलाई महाअभियानको रुपमा सञ्चालन गर्ने डीआईजी रबिन्द्र के.को निर्देशन
२०८० चैत्र ४, आईतवार १८:१२
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer