सप्तकोशी नदीबाट डुंगामा ओसारपसार गरिरहेको १६४ किलो गाँजा बरामद भएको छ ।स शस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका(१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो ।
५र६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको थापाले बताए ।
गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने भागेको सशस्त्रले जनाएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं ४ गणले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ किलो गाजा बरामद भएको छ ।