सप्तरीमा बन्चरो प्रहार गरि एक जनाको हत्या , हत्या गर्ने पक्राउ

२०८० चैत्र ७, बुधबार २०:४०

सप्तरीको सप्तकोशी नगरपालिका वडा न.३ मा एक जनालाई बन्चरो प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । यसरी मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा न.३ स्थित सखवनि नयाँ वस्तीका ४५ वर्षिय हिराइ सदालाई छोरा २२ वर्षिय लालदेव सदाले धरायसी विवाद हुदा धरेलु हतियार बन्चरोले धाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिनु भयो । उहाँका अनुसार छिमेकी ६५ वर्षिय दशन सदालाई समेत बन्चरो प्रहार गर्दा टाउको र हातमा चोट लागेर घाइते भए पछि स्थानिय अस्पताल फत्तेपुरमा उपचार गरी रहेको बताउनु भयो । यता बन्चरो प्रहार गर्ने लालदेव सदालाई घरेलु हतियार बन्चरो सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसंधान भईरहेको सुचना अधिकारी नेउपानेले बताउनु भयो ।



ताजा खबर