मिर्चैया नगरपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ ।
बुधबार एक कार्यक्रमकाबीच मिर्चैया नगरपालिकाका वडा नं ९ का ९५ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले निस्सा वितरण गरेका हुन ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको हो । निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने मिर्चैया नगरपालिकाका मेयर यदबले बताए ।्
जग्गा प्राप्तीका लागि सुकुम्वासीले बसिरहेको ठाउँमा पहिलो प्रथामिकता हुनेछन् । त्यो वाहेक वडा, पालिकाभित्र, जोडिएको पालिका वा नेपालका कुनैपनि ठाउँमा तोकिए त्यो ठाउँमा जग्गा पाउने मेयर यादवको भनाइ छ । त्यस्तै अव्यवस्थितले बसिरहेको ठाउँमा मात्रै पाउने छन् । त्यो बाहेक अनेत्र उनिहरुको लागि जग्गा वितरण हुने छैन ।
कार्यक्रममा राष्ट्रिय भुमि आयोगको जिल्ला समिति सदस्य कृषण लामा, वडाका सजिकरण समितिका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो । वर्षोदेखि भूमिहीन भएर बस्दै आएका जनताहरुले निस्सा पाउँदा खुशी व्यक्त गरेका छन् । निस्सा वितरण पश्चात अब केही दिनमै जग्गाको नाप जाँच गरी नियमानुसार प्रक्रिया पूरा गरी भूमिहीनहरुलाई लालपुर्जा दिइने मिर्चैया नगरपालिका सेवा केन्द्रका फोकल पर्सन गणेश गुप्ताले जानकारी दिए ।