नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे गाईघाट शाखाद्धारा ६६ लाख ५० हजार रुपैयाँको बीमितको श्रीमतीलाई दावी बापतको चेक हस्तान्तरण गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले जीवन बीमा गराएका स्व. संजीव कुमार गुप्ताको परिवारलाई रु ६६ लाख ५० हजार मुत्यु दाबी भुक्तानी गरेको छ । त्रियुगा नगरपालिका वडा नं.६ निवासी बिमित स्व.संजीव कुमार गुप्ताको श्रीमती चन्द्र कला देवी गुप्तालाई रु.६६ लाख ५० हजार रुपैयाँको चेक गाईघाट शाखाका प्रमुख कमल कटुवालले हस्तान्तरण गरेको हो ।
मृतकको ४ वर्ष अगाडी सहारा जीवन बीमा योजना ५० लाखको बीमा,बार्षिक ६ लाख ७९ हजार ५ सय ५५ रुपैया गरि १० वर्षको लाई योजना लिएको थिए । उक्त विमा योजना मध्ये जम्मा गर्ने गरि ५ किस्ता कुल रु ३३ लाख ९७ हजार ७ सय ७५ रुपैया यस कम्पनीमा जम्मा गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गाईघाट शाखाका प्रमुख कमल कटुवालले बताए ।
प्रमूख कटुवालले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जिबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थितहरुलाई बीमा गर्नुपर्ने धारणा ब्यक्त गरे । यता,स्व. संजीव कुमार गुप्ताको श्रीमती चन्द्र कला देवी गुप्ताले कमाउने घरमुलिको निधनले परिवारमा पर्न गएको आर्थिक भारमा कम्पनीबाट प्राप्त दाबी रकमले ठुलो राहत पुगेको भन्दै जीवन बीमा अनिवार्य गर्नुपर्ने बताएकी छन ।
नेपाल लाइफ इन्स्योरेन्स गाईघाट शाखाद्धारा ६६ लाख भन्दा बढी रुपैयाँको बीमा दावी भुक्तानी
२०८० चैत्र ८, बिहीबार १८:३१
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer