मिर्चैया नेपाल रेडक्रस सोसाईटीद्धारा होली मिलन कार्यक्रम

२०८० चैत्र ११, आईतवार २२:३५

तराईमा सोमबार खेलिने होलीको पावन अवसरमा आइतबार मिर्चैया नगरपालिका वडा नं.६मा रहेको नेपाल रेडक्रस सोसाईटी उप–शाखा मिर्चैयाद्धारा होली मिलन कार्यक्रम गरिएको छ ।
सद्भाव, आत्मियता एवम् मेलमिलापको संदेश दिने विशेष पर्व फागु पूर्णिमा एवम् होली पर्वको सुखद अवसरमा नेपाल रेडक्रस सोसाईटी उप–शाखा मिर्चैयाद्धारा होली मिलन कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी उप–शाखा मिर्चैयाका सभापतिमा राजदेव कापैरले बताउनुभयो । होलीको पर्वमा रमाईलो गरि मनाउने सन्देश दिदै उहाँले भन्नुभयो । सदभावको शहरमा होली रमेर खेल्नु स्रहानिय कार्य रहेको उहाँले जानकारी गराउनुभयो ।

होली खेलौ तर अविरको टिका र सदभावको शहर चिनाउने गरि खेलौ नेपाल रेडक्रस सोसाईटी उप–शाखा मिर्चैयाका कोषाध्यक्षमा रिपेन्द्र कुमार ढुङ्गेलले भन्नुभयो । धुमधामका साथ होली पर्वलाई मनाउनु र सदभाव कायम गर्नु हामी सवैको दायित्व रहेको उहाँले सन्देश दिनुभयो । होली मिलन कार्यक्रममा  मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यदवा, नेपाल रेडक्रस सोसाईटी उप–शाखाका भुपु सभापति जीवन श्रेष्ठ ,उप–सभापति फुलकुमारी साह, सचिव धूर्व श्रेष्ठ, कोषाध्यक्षमा रिपेन्द्र कुमार ढुङ्गेले, सह–सचिवमा जय प्रकाश साह, प्रकाश बुढाथोकी,गणेशी महरा,मन्जु देवी ठाकुर नागरिक समाज, बुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको



ताजा खबर