धनुषामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

२०८० चैत्र १२, सोमबार २१:१३

धनुषामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको प्रहरीले जनाएको छ । सोही ठाउँका २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजे जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुर तर्फबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिएको थियो । एम्बुलेन्स र मोटरसाइकल तीव्र गतिमा रहेकै कारण दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । त्यस क्रममा मोटरसाइकलमा सवार दुबैजना गम्भीर घाइते भएका थिए ।



ताजा खबर