जनकपुरधाममा आफ्नै ई–रिक्सा चार्ज गर्ने क्रममा एकजना महिलाको मृत्यु भएको छ । उपमहानगरपालिका २० रुपैठाकी वर्ष ३६ की गौरी देवी साहीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी रञ्जन अवाले जानकारी दिएको छ ।
उनका अनुसार बिहान करिब ५ बजेर ४० मिनेटको समयमा चार्जमा रहेको ई–रिक्साको चार्ज छुटाउन खोज्दा साहीलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि घाईते उनलाई उपचारको लागि अस्पताल ल्याउँदा उपचारकै क्रममा ६ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको गरेको डिएसपी अवाले बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।