माध्यमिक शिक्षा परीक्षा (एसईई)को दोस्रो दिन नेपाली विषयको परीषामा नक्कली एसईई दिने विद्यार्थी पक्राउ गरेको छ ।
मिर्चेया नगरपालिका–१ स्थित श्री शारदा मावि रामपुरबिर्ता परीक्षा केन्द्रमा जन सेवा मावि कर्जन्हाको (सिम्बोल नं ०१६०२०७३E )को परीक्षार्थी अभिषेक महराको प्रवेश–पत्रको फोटोकपी लिई परीक्षा दिइरहेको नक्कली परीक्षार्थी कर्जन्हा नगरपालिका–५ का १६ वर्षीय अर्जुन महरालाई पक्राउ गरिएको छ।
महरालाई इलाका प्रहरी कार्यालय मिर्चेयामा राखी थप अनुसन्धान भइरहेको छ। यसैगरी बरियारपट्टी गाउँपालिका–५ स्थित जनता मावि झिझौल कजरा परीक्षा केन्द्रमा सोही गाउँपालिका–२ का १५ वर्षीय विकास कुमार रायलाई परीक्षा केन्द्र बाहिर बसी मोबाइलबाट प्रश्न पत्रको गोपनियता भंग गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका छन्। उनलाई जिल्ला अदालतबाट दिन ७ को म्याद लिई इप्रका महेशपुरपतार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सन्तोष आचार्यले जनाएको छ।