हावाहुरीका कारण रुख ढल्दा एक युवकको मृत्युु

२०८० चैत्र १७, शनिबार २२:३१

हावाहुरीका कारण रुख ढल्दा पाल्पामा एक युवकको मृत्यु भएको छ । तानसेन नगरपालिका –८ जरेपिपलमा दिउँसो अत्याधिक वर्षासँगै आएको हावाहुरीले रुख ढलेर लाग्दा तानसेन–५ कैलाशनगरका १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा डाक्टले मृत घोषणा गरेका हुन् ।पाल्पाबाट बुटवल जाँदै गरेको लु ८१ प ११३६ नम्वरको स्कुटी रोकी ओत लाग्ने क्रममा एक्कासी सल्लाको रुख ढलेर दर्लामीलाई च्यापेको स्थानीय दिनेश घिमिरेले बताए । उनका अनुसार ठूलो हावाहुरी लागेको र त्यसबाट जोगिन ओत लाग्दा रुख ढलेर उनलाई च्यापेको थियो । उनीसँगै रहेका तानसेन –२ सिल्खानटोलका २० वर्षीय प्रथम शाही भने घाइते भएका छन् । उहाँको एलएमसीमा उपचार भइरहेको छ ।



ताजा खबर