सिरहामा पोखरीमा डुबेको अवस्थामा एक बालक मृत फेला परेका छन् । औरही गाउँपालिका ४ खजनपुरस्थित पोखरीमा डुबेको अवस्थामा बद्री यादवका १० वर्षीय छोरा सचिन कुमार यादव मृत फेला परेको हो ।
सचिन तीन दिनदेखि बेपत्ता थिए । तर, गन्हाएपछि स्थानीयले पोखरीमा खोजी गर्दा आज सचिन मृत फेला परेको स्थानीय सन्तोष यादवले जानकारी दिए ।
प्रहरीले बालकको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको छ ।