सर्लाहीको दलित बस्तीमा आगलागी हुदाँ ११ घर पुर्ण रुपमा जलेर खरानी

२०८० चैत्र २६, सोमबार १५:२२

सर्लाहीको बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी हुदाँ ११ घर पुर्ण रुपमा खरानी भएको छ ।
स्थानीय राम बिसवास माझीको घरमा खाना पकाउने क्रममा गाँस सिलिन्डरबाट आगो सल्किएर आगो लागि भएको प्रारम्भक रिपोट आएको सर्लाही प्रहरीले जनाएको छ ।

बिहानको खान पकाउने क्रममा गाँस सिलिन्डरबाट आगो सल्किएर फैलिँदा स्थानीय राम विश्वास माझीसँगै ११ घर जलेर पूर्ण रूपमा जलेका छन् ।

नेपाल प्रहरी शस्त्र प्रहरी स्थानीय र हरिवन नगरपालिका र मलङवा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनु भयो । बिहान ११ बजे सल्केको आगो दिउँसो १ बजे नियन्त्रणमा लिईएको थियो ।

घरमा भएको सम्पूर्ण अन्न, लताकपडा लगायत सामाग्री जलेर नष्ट भएपछि माझी समुदायका थप पिरलो थपिएको छ । आजलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाहीमा केही दिन यता विभिन्न पालिकामा आगलागीको घटना बढेको देखिन्छ ।



ताजा खबर