मधेश प्रदेशमा दिनदहाडै छुरा प्रहार , एक युवकको हत्या

२०८० चैत्र २६, सोमबार १७:४४

मधेश प्रदेशको राजधानी जनकपुरमा दिनदहाडै छुरा प्रहार गरि एक युवकको हत्या गरिएको छ।महोत्तरीको एकडांरा गाउपालिका घर रहेको २० बर्षिय प्रीन्स कुमार महासेठको छुरा प्रहारबाट मृत्यु भएको हो।

धनुषा प्रहरी प्रवक्ता डिएसपी रन्जन अवाका अनुसार जनकपुरधाम उपमहानगरपालिका बिश्वाकर्मा चौक नजिक सोमबार दिउसो १२ बजे तिर महासेठको हत्या भएको हो। धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा महासेठको शव सौचालयभित्र भेटिएको हो। हत्या आशंकामा स्थानिय २४ बर्षिय अर्जुन साहलाइ प्रहरीले पक्राउ समेत गरेका हुन।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना बिषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।



ताजा खबर