मलंगवामा महाविष्णु यज्ञ  पहिलो दिन भब्य कलश यात्रा,मेयर नागेन्द्र प्रसाद यादब द्वारा उद्घाटन

२०८० चैत्र २७, मंगलवार १९:११

राजिव साह -सर्लाही
मलंगवामा स्थित महायज्ञको  पहिलो दिन मंगलबार भब्य कलश यात्रा गरि महायज्ञ सुरु भएको छ ।  सयौंको संख्यामा सहभागी कुमारी कन्याद्वारा कलश यात्रा जिल्ला भन्सार मुलगेट आगडी बाट सुरु हुँदै जिल्ला शिक्षा समन्वय कार्यालय ,शिव सागर चोक, जिबिस चोक , पुरानो बस पार्क नगरपालिका चोक हुँदै  नगर परिक्रमा गरि  पुनः यज्ञ स्थलमा पुगेर कलश यात्रा स्थपाना गरेका थिए ।
सर्लाहीको मलंगवा नगरपालिका नेपाल-भारत सिमा स्थित जिल्ला भन्सार कार्यालय दशगजामा  मंगलबार देखि  महाविष्णु महायज्ञ एवं नवाह पाठ  तथा बनारसको प्रसिद्ध कथा वाचक द्वारा श्री गौ कथा, रामलिला एवं श्री सताराम नाम जप सुरु तथा दश दिवसीय भब्य मेला सुरु भएको छ । आज पहिलो दिन  कलश यात्रा र त्यसपछि उद्घाटनको कार्यक्रम गरि यज्ञ प्रारम्भ भएको आयोजक महायज्ञ  समितिले जनाएको छ । वडा नगरपालिका वडा २ का अध्यक्ष धिरेन्द्र साहको अध्यक्षतामा एक कार्यक्रम बिच मलंगवा नगरपालिका मेयर नागेन्द्र प्रसाद यादबलले उद्घाट्न गर्नुभयो ।
कलश यात्रालाई व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी,ट्राफिक प्रहरी र युवा स्वयंसेवक  परिचालन गरिएको हो । महा यज्ञ बैशाख ७ गते सम्म चल्ने समितिले जनाएको छ ।



ताजा खबर