टाइम्स स्कूल मिर्चैयाको १८ औं वार्षिक उत्सब सम्पन्न

२०८१ बैशाख ५, बुधबार २३:३१

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ मा रहेको टाइम्स स्कूलको १८ औँ वार्षिक उत्सव तथा अभिभावक भोला सम्पन्न भएको छ ।
टाइम्स स्कूलका संचालक समितिका सदस्य विनोद पालको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवको प्रमुख आतिथ्यतामा विद्यालय प्रांगणमा एक कार्यक्रम गरी वार्षिकोत्सव मनाईएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख श्रवण कुमार यादवले भने शिक्षा क्षेत्रको सुधारबाट नै समाजको विकास मुख्य आधार भएकोले बिद्यालय सुदृढिकरण अभियानलाई तिब्रता दिएको हो । विद्यालयहरुद्धारा प्रदान गरिने अध्यन अध्यापन लगायत चलिरहेका विभिन्न सुधारात्क कार्यहरुको अवचक निरिक्षण कार्यलाई निरन्तर्ता दिएको छु ।अहिलेको प्रतिस्पर्धात्मक समयको आवश्यकता, यसको रफ्तार र गतिशीलतासँगै अघि बढ्न सक्ने किसिमको जनशक्ति निर्माण गर्न शैक्षिक सिकाई बिना सम्भव नहुने बताउनु भएको हो ।

टाइम्स स्कूलका प्रिन्सिपल कामेश्वर महतोेको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो। टाइम्स स्कूलले यस वर्ष विभिन्न सामाजिक तथा रचनात्मक काम गर्दै वार्षिक उत्सव सम्पन्न गरेको हो। स्कूलले आफ्नो वार्षिक उत्सवको अबसरमा १० वर्ष देखि काम गर्दै आएको कर्मचारीहरुलाई पुरस्कृत एवं सम्मान साथै विभिन्न कविता, गित, नृत्य, नाटकहरु प्रस्तुत तथा सांस्कृतिक कार्यक्रम गरिएको टाइम्स स्कूलका प्रिन्सिपल कामेश्वर महतोले जानकारी दिनुभएको हो ।

 



ताजा खबर