गुडिरहेको भ्यानमा इन्जिन सर्ट भएर आगलागी, १२ जना यात्रु सकुशल

२०८१ बैशाख १०, सोमबार १८:४९

नवलपुर देखि मलंगवा आउदै गरेको म्याजिक भ्यानमा आगलागी भएको छ ।
सोमबार दिउसो नवलपुरबाट यात्रु बोकी मलंगवा तर्फ आउदै गरेको २-०३-००१ ज.०१३३ नम्बरको म्याजिक भ्यान गम्हरिया बजार भन्दा २०० मिटर दक्षिण तर्फ गुडिरहेको क्रममा आगलागी भएको स्थानिय प्रत्यक्षदर्शीले जनाएको छ । १२ जना सवार म्याजिक भ्यानमा आगलागी भएपछी यात्रुहरु त्रसित भएका थिए । उनीहरुलाई अर्को गाडीमा बोकेर गन्तव्य सम्म पुर्याएको हो । गाडीको इन्जिन तातेर आगलागी भएको र कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिए । गाडी चालक लालबन्दी नगरपालिका वार्ड नं. १ बर्ष ४० का बिन्दा रायले चलाउदै गरेको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



ताजा खबर