ट्राफिक प्रहरीले मासिक रकम असुल्ने गरेको आरोपःटिपर व्यवसायी ट्राफिक बीच चर्काचर्की(भिडियो सहित)

२०८१ बैशाख १०, सोमबार २३:३९

सिरहा जिल्लाको मिर्चैयामा ट्राफिक प्रहरीले मासिक रकम असुल्ने गरेको आरोप–टिपर व्यवसायी ट्राफिक बीच चर्काचर्की भएको हो । सवारी पार्किङ्ग र ट्राफिक व्यवस्थापन अस्त व्यस्त हुदै गएको छ । बिभिन्न सवारी साधनका व्यवसायी समिती सँग मासिक रकम असुली गरि ट्राफिक प्रहरीले कारवाही नगर्दा ट्राफिक व्यवस्थापन अस्त व्यस्त भएको स्थानियको आरोप छ ।
स्थानियले भन्छ सवारी साधनले मापदण्ड नपुगेका पुराना सवारी साधनमा क्षमता बढि यात्रु राखि दुर्घटना बढदै गए पनि ट्राफिक प्रहरी मौन बस्नुले ट्राफिक प्रहरीकै मिलेमतोमा व्यवसायीको मनोबल बढेको स्थानियको आरोप छ ।ओभरलोड र पुराना सवारीले क्षमता बढि यात्रु ओसार्दा ट्राफिक प्रहरी किन चुप लाग्छ ? ”


यता,ट्राफिक प्रहरीलाई मासिक रकम बुझाउन ढिलाई हुदाँ सिरहाको मिर्चैया–कटारी सडक खण्डमा सयौं टिपर आइतबार बेलुका ७ बजे देखि रोकि राखेको छ ।मिर्चैया भन्दा पूर्व रहेको मारुती सिमेन्ट र पश्चिमा रहेको सौर्य सिमेन्टमा चल्ने हजारौं टिपरबाट मासिक रुपमा दिने अबैध रकम दिन ढिलो हुदाँ आइतबार बेलुका ७ बजे देखि करिब पाँच सय बढी टिपरहरु ट्राफिक प्रहरीले रोकी राखेको छ ।
प्रति टिपरबाट ट्राफिक प्रहरीले मासिक रुपमा २ हजार देखि तिन हजार पाँच हजार सम्म लिने गरेको थियो । त्यही रकम दिन ढिलो हुदाँ जिल्ला ट्राफिक प्रहरीले टिपर रोखेको व्यवसायीहरुको भनाइ रहेकोछ । मिर्चैया–कटारी सडकखण्डमा मारुति र सौर्य सिमेन्टका चुन ढुङ्ग्गा बोक्ने टिपर अहिले दैनिक १ हजार भन्दा बढि सिद्धिचरण राजमार्ग बाट चल्ने गरेका छन् । ओभर लोड, सवारी चालक अनुमति पत्र नलिकन सवारी चलाउनु र सडकको जीर्ण अबस्था यहा हुने दुर्घटनाको कारण सर्वसाधारण तर्सित भएका छन ।भार क्षमताभन्दा बढी चुनढुङ्गा लोड बोकेर दैनिक कमतिमा १ हजार देखि १२ सय टिपर मिर्चैया को सगंरो बाटोमा हिड्ने गरेका छन । सिरहाको मारुती सिमेन्ट उद्योग र सूर्या सिमेन्ट उद्योगको लागि सिन्धुलीको काकुर खोलाबाट उदयपुरको कटारी नगरपालिका हुदै मिर्चैया ल्याउने गरेको ओभरलोडेड टिपर भार बोक्ने क्षमता भन्दा दोव्वर चुनढुङ्गा बोकेका टिपरहरू मारुती सिमेन्ट उद्योग र सूर्या सिमेन्ट उद्योगमा जादै गर्दै गरेका छन ।

यता,मासिक रकम असुलेको बिषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख प्रहरी निरिक्षक डम्बर बहादुर पुरीले आफुहरु माथि लगाईको मासिक रकम असुलीको आरोप निराधर रहेको  बताए ।

 



ताजा खबर