३३ के.भीमको पोल भाचेर विद्युत अबरुद्ध ,स्थानियद्वारा पोल गाड्न रोक

२०८१ बैशाख २४, सोमबार २१:१०

टिपरले ठक्कर दिए पछि विद्युत पोल भाचेर मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा विद्युत अबरुद्ध भएको छ ।नवलपुर स्थित रेल्वे ट्राक नीर ३३ केभी लाईन मर्मत क्रममा टिपरले पोल भाचिएको नेपाल विद्युत प्राधिकरण मलंगवाले जनाएको छ ।
नवलपुरका स्थानियले उक्त स्थानमा पोल गाड्न नदिएको भन्दै विद्युत सुचारू गर्न समस्या भएको विद्युत प्राधिकरण वितरण प्रमुख उमेश यादवले बताउनुभयो । स्थानियलाई सम्झाई बुझाई पोल गड्ने काम सुरु पछि मात्र विद्युत सुचारु हुने तर अहिले नै कति समय लाग्ने भन्न नसकिने प्रमुख यादवको भनाई छ ।
सर्लाहीमा दैनिक पटकपटक विद्युत कटौतीको समस्याले स्थानियवासी मारमा पर्दै आएको छ । यता प्राधिकरण मलंगवाले भने आफ्नै समस्या सुनाउन भ्याइनभ्याई छ ।



ताजा खबर