लक्ष्मी सनराईज बैंक मिर्चैयाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८१ बैशाख २७, बिहीबार ०८:१३

लक्ष्मी सनराईज बैंक मिर्चैयाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
लक्ष्मी सनराईज बैंक लिमिटेड मिर्चैया शाखाले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि सिरहा जिल्लाको विभिन्न स्थानमा सिप मुलक तालिम अन्र्तगतको बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको शाखा प्रमुख सागर प्रशान्तले जानकारी दिए ।

उक्त कार्यक्रममा वित्तीय सुविधाबारे चेतना तथा पहुँच पु¥याउने उद्देश्य बैंकले ज्ञान,सीप मुलक तालिममा मिर्चैयाको व्यापारी,स्थानीय युवाहरुका साथै रोजगार व्यक्तिहरु, किसान, लघु, साना तथा मझौला उद्यमीहरु,दैनिक ज्यालादारीलगाइत ६० जनाको सहभागिता रहेको शाखा प्रमुख सागर प्रशान्तले जानकारी दिए ।
कार्यक्रममा बैंकिङ सेवा–सुविधा, डिजिटल बैंकिङ प्रविधि,चेक वाउस,नक्कली पैसा पहिचान,बचत खातालगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे मधेश प्रदेश प्रमुख गणेश गुरागाईले जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पु¥याउने उद्देश्य बैंकले लिएको छ ।
उक्त कार्यक्रममा लक्ष्मी सनराईज बैंकको मधेश प्रदेश प्रमुख गणेश गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिको रुपमा प्रदेश उप–प्रमुख अमित कर्ण, सिए रामचन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

 



ताजा खबर