महुली लघुबित्त बित्तीय संस्था आयोजनामा स्थायीत्वको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

२०८१ बैशाख २८, शुक्रबार २१:१६

महुली लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यलय टाडी, चितवनको आयोजनामा बित्तीय अनुशासन तथा वितीय स्थायीत्वको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिका,६ वडाका अध्यक्ष बिरेन्द्र महतोको प्रमुख आतिथ्यतामा तथा भिम माया थापा मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रवक्ता शिबकान्त चौधरी,इलाका प्रहारी टाडीका शयाम बहादुर थापा क्षेत्री,महुली लघुबित्त बित्त ब्यवस्थापन विभागीय प्रमुख बिरु लामा दोङ ,शाखा प्रमुख भुपेन्द्र प्रसाद चौधरी,रोहीत गौतम लगायत सहभागी कार्यक्रमको संचालन बिमला कार्कीले गरेकी थिइन् ।

महुली लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यलय टाडी, चितवनको आयोजनामा भएको कार्यक्रममा ५० जना भन्दा धेरैको सहभागिता रहेको संस्थाले जनाएको छ ।



ताजा खबर