सिराहा प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक रमेश पण्डित आएका छन् । पण्डित जिल्ला प्रहरी कार्यालय सिराहामा हाजिर भएका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए । प्रदेश प्रहरी कार्यालय भैरहवाबाट जिल्ला प्रहरी कार्यालय सिराहामा काज सरुवा भई पण्डित जिल्ला प्रहरी कार्यालय सिराहामा प्रमुख भएर आएका हुन् । यसअघि सिराहाका प्रहरी प्रमुखमा सन्तोष आचार्य थिए ।