सर्लाही चन्द्रनगर गाउँपालिका नाढीमन ताल स्थित अन्तर धार्मिक संजालको आयोजनामा बाल बिबाह अन्त्यका लागि अन्तर धार्मिक संजाल र स्थानिय सरोकारवालाहरु बीच सम्वाद कार्यक्रम आइतबार सम्पन्न भएको छ ।अन्तर धार्मिक संजाल सर्लाहीको आयोजनामा भएको गाउँपालिका स्तरिय कार्यक्रमको चन्द्रनगर गा.पा. अध्यक्ष राजकुमार महतोको प्रमुख आतिथ्यता तथा अन्तर धार्मिक संजालका जिल्ला अध्यक्ष डा. अब्दुर रहिम मिकरानीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।
बाल बिबाह अन्त्यका लागि अन्तर धार्मिक संजालका प्रतिनिधि र सरोकारवाला बीच गरिएको सम्वाद कार्यक्रममा संजालका चन्द्रनगर गा.पा स्तरिय अध्यक्ष रामस्वार्थ रायले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राजकुमार महतोले बाल बिवाह अन्तयका लागि धार्मिक गुरुहरुको भुमिका महत्वपुर्ण हुने भएकोले आउने दिन सबै धर्मका अगुवाहरुलाई राखेर विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा चन्द्रनगर गा.पा उपाध्यक्ष गिता देबी महतो, पाँच नम्बरका वडा अध्यक्ष सुर्यवंशम राय, सात नम्बरका वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरी, अन्तर धार्मिक महिला संजालकि लक्षमी सुनवार पासवान,लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा चन्द्रनगर गाउँपालिका प्रमुख राजकुमार महतो, उपाध्यक्ष गिता देबी महतो, वडा अध्यक्ष सुर्यवंशम राय,वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरी, कार्यपालिका सदस्य,शिक्षा शाखा प्रमुख कमला बस्नेत,निरन नेपालका कार्यक्रम अधिकृत अाशिष चौधरी,हिन्दु धर्मका अगुवा जोगिन्द्र राय,इस्लाम धर्मका अगुवा अलि हसन, हसमत मंशुर,इसाईका राधा महतो, लगायत हरिपुर,चन्द्रनगर नगर स्तरीय अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम मार्फत संजालका जिल्ला अध्यक्ष डा. मिकरानीले आउदो आर्थिक बर्ष ०८०/८१को गाउँसभाको नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने सुझाव सहितको करिव पाँच लाखको अनुमानित बजेट खर्च सहितको ज्ञापनपत्र पालिका अध्यक्ष महतोलाई बुझाइएको हो ।
कार्यक्रम संचालन अन्तर धार्मिक संजालका जिल्ला सचीव तिलक क्षेत्रीले गर्नु भएको थियो ।