हालै बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्यालले आइतबार बढुवाको फुली लगाएका छन् ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।
मन्त्रिपरिषद्को वैशाख २७ गतेको निर्णयअनुसार जोशी र ढकाल प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए । यसैगरी वैशाख २३ गतेको गृहमन्त्रीस्तरको निर्णयअनुसार गुरुङ र अर्याल प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका थिए ।
चार जना वरिष्ठ प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली
२०८१ बैशाख ३०, आईतवार २०:४९
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer