नागरिक समाज सशक्तिकरण सम्बन्धि अन्तरक्रिया हरिपुर्वामा सम्पन्न

२०८१ जेष्ठ १, मंगलवार २१:०३

धार्मिक अगुवाहरुद्वारा नागरिक समाज सशक्तिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम हरिपुर्वामा मंगलबार सम्पन्न भएको छ ।

सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं.९ स्थित बगेवामा आयोजना गरिएको कार्यक्रममा अन्तर धार्मिक संजाल (निरन नेपाल ) को आयोजना तथा आराआरपीके समन्वयमा र वल्र्ड भिजन नेपालको साझेदारीमा कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तर धार्मिक संजालका जिल्ला अध्यक्ष डा. अब्दुर रहमान मिकरानी,संजालकि कोषाध्यक्ष अनिता देवी यादव, संजालका सदस्य भरत यादवले कार्यक्रममा सहभागी स्थानीयलाई प्रशिक्षण दिनु भएको छ ।

हरिपुर्वा बगेवा गाउँका स्थानिय महिला पुरुष सहभागी रहेको उक्त अभिमुखीकरण कार्यक्रममान नागरिक समाज सशक्तिकरणको बारेमा जनाकारी गराइएको आयोजक निरन नेपाल मधेस प्रदेश कार्यक्रम अधिकृत अाशिष चौधरीले जनकारी दिनुभयो ।

सशक्तिकरण अभिमुखिकरण कार्यक्रममा इस्लाम धर्मका अध्यक्ष डा. अब्दुर रहमान मिकरानी, हिन्दु धर्मकी अनिता देवी यादव, इसाई धर्मका ,तिलक क्षेत्री,भरत यादव,(आर आर पि के ) का राम सुशील महतो,नागेशवर साह,सुमित चौधरी,उपेन्द्र कुमार यादव,स्थानिय जगदीश महतो अनवर शेख ,दुखनी देबी,अनिता माझी,रितु चौधरी,जगिया देबी माझी लगायतको सहभागीता रहेको थियो ।

अन्तर धार्मिक संजालले धार्मिक अगुवाद्वारा संचालन गर्दै आएको कार्यक्रमले आफुहरु बालबालिका हेरचाह ,उनीहरुलाई स्कुल पठाउन, समाजमा एक अर्का प्रती मायाको भाव ,बचत गर्न देखि बाल बिबाह जस्ता कुरितीको बारेमा जानकारीले धेरै कुरा सिक्ने अवसर प्राप्त हुनुका साथै यस्ता कार्यक्रमले आफुहरु उत्साहित भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।



ताजा खबर