नेकपा एमाले बैकल्पिक पोलिटब्युरो सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं १ का पुर्व सांसद स्व. योगनारायण यादवको तेश्रो श्रद्धाञ्जली अर्पन गरिएको छ। मंगलबार स्व. नेता यादवको निजि निवासमै एक कार्यक्रम गरि श्रद्धाञ्जली दिइएको हो।
धनुषा निर्वाचन क्षेत्र नं १ का नेकपा एमालेका दिग्गज नेतृत्व मानिएको नेता योगनारायण यादवको स्वर्गवास भएको गत तीन बर्षदेखी श्रद्धाञ्जली दिवस नेकपा एमालेका नेता कार्यकर्ताहरुले मनाउदै आएको समय एक कार्यक्रम आयोजना गरि आइतबार मधेश प्रदेशका सभामुख रामचन्द्र मंडलको प्रमुख आतिथ्यमा श्रद्धाञ्जली अर्पन गरिएको हो।
कार्यक्रममा नेकपा एमालेका संसदिय दलका नेता तथा पुर्व भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादवले आफुलाइ राजनितिको डोरी समाइ राजनितिक गुरुको भुमिका निर्वाह गर्नुभएको बताउनुभएको छ।
कार्यक्रममा विशिष्ट आतिथ्य गरिरह्नुभएका नेकपा एमाले मधेश प्रदेश संयोजक चन्देश्वर मंडलले नेता यादव बितेपनी उहांको राजनैतिक बिचारधारा अंगालेर अघि बढ्नुपर्ने बताए।त्यस्तै एमाले नेता हरिकिशोर यादवले नेता यादवको भौतिक शरीर ढलेपछी पार्टी र राजनितीमा अतुलनिय क्षती भएको बताउनुभयो।
कार्यक्रमको प्रारम्भदेखी अन्तसम्म उद्घोषण गरिरह्नुभएका एमालेका युवा नेता तथा गुरांस युवा क्लबका अध्यक्ष नथुनी यादवले बोल्दा बोल्दै बीच कार्यक्रममै भावुक बनेका थिए।