दुबेको पहलमा सखी संस्थाद्वारा अग्नि पिडितलाइ राहत प्रदान

२०८१ जेष्ठ ८, मंगलवार १२:२१

सखी महिलाको साथी संस्थाले अग्नि पिडित परिवारलाइ राहत बितरण गरेको छ । पत्रकार एवम समाजसेवी उमेश दुबेको पहलमा सखी महिलाको साथी संस्थाले चिलझपटीमामा भएको आगलागी पिडितलाइ राहत स्वरूप खाट, बेडसिट, डस्ना र तकिया राहत स्वरूप बितरण गरिएको हो ।
बैशाख २० गते फेटा गाउपालिका वडा नम्बर १ चिलझपटी निवासी ममतादेवी ठाकुर, अनितादेवि ठाकुर, शोभा देवि पटेल, बुधियादेवी ठाकुर लगायत चार जनाको घरमा आगलागी भएको थियो । उक्त बिषयमा जानकारी पाउनसाथ सखी महिलाको साथी संस्थाका अध्यक्ष मधु कुश्वाहाको नेतृत्वमा गएको कार्यकारी निर्देशक प्रियन्का कुमारी कुश्वाहा, लेखा अधिकृत हयपी मिश्र लगायत पत्रकार एवम समाजसेवी उमेश दुबे, बिकि महतो, राजेश कुश्वाहा, शेसनाथ यादव, लोहा यादव, जवाहिर पासवान लगायतको उपस्थितमा राहत बितरण गरिएको छ ।



ताजा खबर