मलंगवामा पहिलो पटक डिजिटल कक्षा सुरु पब्लिक मावि आधुनिक शिक्षामा जोड…

२०८१ जेष्ठ ११, शुक्रबार १९:३०

सर्लाही सदरमुकाम मलंगवा  एक सामुदायिक विद्यालयमा डिजिटल कक्षा सुरु गरिएको छ । मलंगवा  नगरपालिका-२ को पब्लिक माध्यमिक बिधालय कक्षा ८ देखी १० सम्मका विद्यार्थीहरूका लागि डिजिटल कक्षा सुरु गरिएको हो ।

स्मार्ट बोर्ड ,शिक्षालाई आधुनिकरण गर्ने उदेश्यले  नगरपालिकामा पहिलो पटक  डिजिटल कक्षा सुरु गरिएको प्रधानाध्यपक सुभाष यादवले  जानकारी दिनुभयो । विद्यार्थीहरूको पढाईप्रति अभिरुची बढाउन र नयाँ प्रविधि सँग जोड्न डिजिटल कक्षा सुरु गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी मलंगवा  नगर प्रमुख नागेन्द्र प्रसाद यादव आधुनिक शिक्षाका लागि विधालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
शुक्रबार पब्लिक मा.वि. मलंगवामा आयोजना गरिएको कार्यक्रम मा  डिजिटल कक्षाको उद्घाटनमा नगरप्रमुख  नागेन्द्र प्रसाद यादव प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ,शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राबिधिक सहायक सुनिल कुशवाहा,वडा अध्यक्ष धिरेन्द्र साह विशिष्ट अतिथी तथा नि.वर्तमान अध्यक्ष बिर्जु राय एवम निवर्तमान सदस्य गोविन्दर साह लगायतको सहभागिता रहेको थियो । यसैबीच शिक्षक  सुभाष कुमार कर्ण द्वारा नेपाल स्काउटको गठन गरिएको छ ।



ताजा खबर