आइसिसी ट्वान्टी २०:खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटबाट हराए

२०८१ जेष्ठ २१, सोमबार २३:४२

आइसिसी ट्वान्टी २० विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ।

सोमबार राती भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटबाट हराएको हो। पहिला व्याटिङ गरेको श्रीलंकाले १९ दशमलब १ ओभरमा जम्मा ७७ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

श्रीलंकाका लागि कुसल मेंडिसले १९ , एंजलो मैथ्यूजÞ १६ तथा कामिंडु मेंडिस ११ रन बाहेक कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि अनरिखÞ नॉर्खिये ४ ओभरमा जम्मा ७ रन खर्चेर ४ विकेट लिए ।त्यसैगरी कगिसो रबाडा र केशव महाराज दुई दुई विकेट हात पारे ।

जवाफमा दक्षिण अफ्रिकाले १६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर ७८ रनको विजयी लक्ष्य पुरा गर्यो । दक्षिण अफ्रिकाका लागि क्विंटन डिकॉकले २० ट्रिस्टन स्टब्स १३ तथा कप्तान एडन मारक्रमले १२ रन बनाए ।

श्रीलंकाका लागि वानिंदु हसरंगा २ विकेट तथा दसून शानका र नुवान तुषाराले एक एक विकेट लिए।दक्षिण अफ्रिका श्रीलंकाकै समूहमा रहेको नेपालले मंगलबार राती नेदरल्याण्ड्ससंग खेल्नेछ ।



ताजा खबर