रौतहटमा एक बिधार्थीलाई विभिन्न नक्कली कागजात हेराई स्टुडेन्ट भिषामा रसिया पठाई दिन्छु भनी करिब १० लाख रुपैयाँ ठगेको आरोपमा रौतहटमा एक जना पक्राउ परेका छन्। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नंबर २ बस्ने २० बर्षीय जितेन्द्र कुमार यादवलाई रसियन एम्बेसीको स्टुडेन्ट भिषाको नक्कली कागजात हेराई सोही गाउँपालिका वडा नंबर २ का जितन कुमारको छोरा २३ बर्षीय राहुल कुमार प्रजापति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताएकी छिन्।पिडित यादवलाई झाँसा दिई १० लाख ८७ हजार सात सय बीस रुपैयाँ प्रजापतिले ठगेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक गिरीले बताइन्। पिडित यादवलाई नक्कली रसियन कागजात हेराई लाखौं रुपैयाँ रकम ठगी प्रजापतिले आफ्नो गृह जिल्ला छाडी अन्य जिल्लामा बास बनाए पछि खबर हुन साथ प्रजापतिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्। उनिमाथि ठगी तथा अपराधिक लाभ कसुरमा सम्मानित जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।
रसिया पठाई दिन्छु भन्दै लाखौं रकम ठगेको आरोपमा रौतहटमा एक जना पक्राउ
२०८१ जेष्ठ २५, शुक्रबार २०:५५
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer