सनराईज बोर्डिङ स्कुलका बिद्यार्थीहरु गरे ऐतिहासिक मठ मन्दिरको अवलोकन

२०८१ जेष्ठ २५, शुक्रबार २१:०१

सनराईज इङलिस बोर्डिङ स्कुल पिपरियाका कक्षा ४देखि कक्षा ६ सम्मका अध्यनरत बिद्यार्थीलाई स्कुलले शुक्रबार कबिलासी नगरपालिका आसपासका इतिहासिक मठ-मन्दिर अबलोकन गरेका छन् ।

स्कुले पिपरिया स्थित मठको महत्व बारे शिक्षकले स्थलगत जानकारी गराए । उनीहरुलाई  हरिपुर नपा. ४ हरैया स्थित श्री जंग हिरण्य गर्भेश्वर रज्वा शिवालयको इतिहास बारे शाे मन्दिरका  पुजारी राम कृष्ण झाले जानकारी गराए । त्यसैगरी कबिलासी नगरपालिका,५ रनिया स्थित  गढीमाई मन्दिर अवलोकन गरेका छन् ।


कबिलासी नगरपालिका,१ पिपरिया स्थित रहेका सनराइज बोर्डिङ स्कुलले छात्र छात्राको लागि हप्तामा एक पट्क पाठ्यपुस्तक बाहेक बाहिर स्थानीयस्तरमा छारिएर रहेका ऐतिहासिक कुरा बारे जानकारी गराउने उदेश्यले बिद्यार्थी अबलोकन राखिएको सनराईज इङलिस बोर्डिङ  स्कुलका कोर्डिनेटर   रुपेश साहले जानकारी दिए ।


उनले आउने दिनमा बिद्यार्थीद्वारा थप धर्मका ऐतिहासिक कुराको स्थलगत भ्रमण गराउने साहले बताए ।
कबिलासी नगरपालिकामै छुटै पहिचान बनाउन सफल सनराईज इङलिस बोर्डिङ स्कुल नर्सरी देखि कक्षा ८ सम्म पठनपाठन भैरहेको स्कुलले जनाएको छ ।  प्रोजेक्ट अध्यात्मको क्रममा शुद्ध ऐतिहासिक जानकारीका निम्ती ठाउँमै गएर सत्य-तथ्य सङ्कलन गरी बिद्यार्थीहरुद्वारा प्रोजेक्ट बनाउने काम अती नै सराहनीय देखिएको छ ।
अवलोकन कार्यक्रममा सनराईज बोर्डिङ स्कुलका फाउन्डर गजेन्द्र साह,प्रीन्सीपल चन्द्रकान्त ठाकुर,कार्यक्रम संयोजक रुपेस साह, शिक्षक सुरेस यादव,छोटेलाल साह,अमन झा  लगायत
६४ जना छात्र छात्राको  सहभागिता रहेको थियो ।



ताजा खबर